सरस्वती प्रधानलाई रिहा गर्नुपर्ने माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । जातीय विभेद गरेर कोठा भाडामा नदिएको अभियोगमा पक्राउ परेकी सरस्वती प्रधानलाई निःशर्त रिहाइ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

नेवार समुदायका संस्थासहित सरस्वतिका परिवार र आफन्तले जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल बाहिर गरेको प्रदर्शनमा प्रधानलाई निशर्त रिहाइ गर्न माग गरिएको छ । उनीहरुले आफ्नो घर भाडामा दिनु वा नदिनु आफ्नो अधिकार भएको भन्दै हरेक कुरालाई जातीय रुपमा हेरेर मुद्दा दायर गर्न नहुने जिकिर पनि गरेका छन् ।

सञ्चारकर्मी रुपा सुनारले प्रधानको घरमा कोठा खोज्न गएको र भाडा लगायत सबै कुरा मिलिसकेपछि आफू दलित समुदायको भएको थाहा पाएपछि कोठा भाडामा नदिएकाले जातीय विभेद भएको दाबी गर्दै उजुरी गरेपछि प्रहरीले प्रधानलाई पक्राउ गरि हिरासतमा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *