राष्ट्रिय कविता महाेत्सवमा ‘देशकाे नक्सा’ पहिलाे

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६४औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’ सम्पन्न भएको छ । भर्च्यूअल रुपमा सम्पन्न महोत्सवमा देश तथा विदेशबाट कविहरुले सहभागिता जनाएको प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।

सचिव उपाध्यायकाअनुसार महोत्सवमा भोजपुरकी कविता राई प्रथम पुरस्कारका लागि छानिएकी छन् । धादिङकी अस्मिता स्मृति, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरञ्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश सिलवाल क्रमशः दोस्रो, तेस्रो र सान्त्वना पुरस्कारका लागि छनौट भएका छन् ।

प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा कविता महोत्सव गर्दै आएको छ । प्रतिष्ठानले नेपाली भाषी कवितालाई अझ स्थापित गर्न स्रष्टाहरुलाई ग्राह्यता दिन कविता महोत्सव गर्दै आएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *