पार्टीको पूर्ववत् साखका लागि उम्मेदवारी दिन्छु : देउवा

काठमाडौं । १४औं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवारी दिने तयारीमा रहेका बहालवाला सभापति शेरबहादुर देउवाले कांग्रेसको पूर्ववत् साख फर्काउनको लागि आफूले पुनः उम्मेदवारी दिने बताएका छन् । आइतबार (आज) आफूनिकटका बागमती प्रदेशका नेताहरु  छलफल गर्दै सभपाति देउवाले यस्तो बताएका हुन् ।

छलफलमा सहभागी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले देउवालाई उदृत गर्दै भनिन् – ‘हामीले अघिल्लो चुनाव हार्यौँ । कम्युनिष्ट एक भएर चुनाव हारेको हो । नभए हामी देशको प्रमुख पार्टी हुन्थ्यौँ । अब पुनः पार्टीको पूर्ववत् साख फर्काउनुपर्छ । त्यो म गर्न सक्छु । म पुनः सभापति बन्छु ।’

सभापति देउवाले सातवटै प्रदेशका नेताहरुसँग आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । यसक्रममा देउवाले शनिबार प्रदेश नं. १ र २ का नेताहरुसँग छलफल गरेका थिए । शनिबारको छलफलको क्रममा सभापति देउवाले आफूलाई सहयोग गर्न आग्रह गर्दै भनेका थिए— ‘लोकतन्त्र र संविधानको रक्षाका लागि भएपनि फेरि सभापति बन्नुपर्ने भयो । म उठ्छु, तपाईंहरुले साथ दिनुपर्यो ।’ नेता मिनबहादुर विश्वकर्माले मकालु खबरलाई बताएअनुसार देउवाले बैठकमा ‘पार्टीभित्र आफ्नो विकल्प नरहेको’ बताएका थिए ।

कांग्रेसको १४औं महाधिवेशन आगामी आउँदो भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा ताेकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *