आफूनिकटका नेताहरुसँग छलफलमा देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरुसँग छलफल गर्दैछन् । भदौमा हुने १४औं महाधिवेशनको लागि उम्मेदवार बन्ने तयारी गरिरहेका देउवा आइतबार (आज) बिहानैदेखि आफूनिकटका नेताहरुसँग छलफलमा छन् । कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंकाअनुसार अहिले पनि छलफल जारी छ । भने— ‘छलफल हुँदैछ । खासगरी १४औं महाधिवेशनकै तयारीस्वरुप उहाँले नेताहरुलाई बोलाउनुभएको हो ।’

देउवाले आफूनिकटका नेताहरुलाई आफ्नो निवास बुटानिलकण्ठ बोलाउँदै आएका छन् । यसअघि शनिवार देउवाले प्रदेश नं. २ का नेताहरुसँग छलफल गरेको थिए । भेटघाटका क्रममा देउवाले आफू उम्मेदवार बन्ने र आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । आज बिहान नेताहरुसँग छलफल गरेपछि पुनः दिउँसो ३ बजेबाट अरु नेताहरुसँग छलफल गर्दैछन् ।

आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४औं महाधिवेशनका लागि सभापतिको आकांक्षा धेरैजना छन् । नेता विमलेन्द्र निधिले पनि यसअघि नै आफू उम्मेदवार बन्ने र आफूलाई सहयोग गर्न भनिसकेका छन् । यस्तै यता वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिको अकांक्षी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *