कोमलको दंगाली गीत ‘ऐच्यै चत्तेरी’ सार्वजनिक

काठमाडौँ । गायिका कोमल वलीको शब्द रहेको गीत ‘ऐच्यै चत्तेरी’ सार्वजनिक भएको छ । दंगाली भाषाको ‘ऐच्यै चत्तेरी’  गीत कोमल वली युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा कोमलकी बहिनी प्रज्ञा वली ‘शरद’को स्वर तथा गोविन्द मधुर आचार्यको सङ्गीत छ ।

गीतमा केशव बडूको एरेञ्ज तथा श्याम श्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।

वसन्त निरौला निर्देशित भिडियोमा प्रज्ञा वली ‘शरद’, शरद चौलागाईं, प्रेमप्रकाश ओली, पूजा केसी, सबिना बुध थापा, करी कलाथोकी, सुरेन्द्र महर्जनको अभिनय छ । भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी, दिव्यराज सुवेदीको छायाङ्कन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *