बगर बनेको सुन्दर मेलम्ची (तस्बिरहरू)

चौतारा । बर्खा लाग्दै थियो । खोला नजिकैको बस्ती हुनाले सतर्क त रहनैपर्‍यो । मेलम्चीका बासिन्दा पनि केही सतर्क त थिए‚ तर बाढीले यतिसम्म वित्यास पार्ला भन्ने कसैले सोचेको थियो र ?

बाढी बर्सेनी आउँथ्यो तर यस्तो विध्वंसकारी हुँदैन थियो । स्थानीय शिव चालिसेका अनुसार बाढी आउनुअघि लेदो आएपछि स्थानीय बासिन्दा जोगिन सफल भए । जसले गर्दा मानवीय क्षति भने हुन पाएन । तर त्यही लेदोका कारण खोलाको सतह ४० फिटसम्म बढ्यो । जसका कारण घरहरू चुर्लुम्मै भए ।

अहिले बाढी केही कम भए पनि खोला आसपासका सबैजसो घर घटीमा १ देखि २ तल्लासम्म पुरिएका छन् ।

मेलम्ची खानेपानी परियोजनाको कार्यलय डुबानमा पर्दा करोडौको नोक्सानी भएको छ । ५४ लाख पर्ने जेनेरेटर पुरिएको कर्मचारीले बताए ।

शुक्रबार मेलम्ची पुग्दा बाढी केही कम त भएको थियो‚ तर लेदै लेदोले भरिएका घरको सफाइ र फेरि बस्न योग्य कसरी बनाउने भन्ने तनाव बढ्दो देखिन्थ्यो ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *