प्रकृतिप्रेमीलाई मन पर्ने चलचित्र ‘शेरनी’

राजनीति एउटा खेल हो‚ जसलाई प्रयोग गरी कुनै पनि विषय उठान गरेर खेल्न सकिन्छ । चलचित्र ‘शेरनी’मा एकजना पोथी सिंहको मुद्दालाई लिएर कसरी राजनीति गरिन्छ भन्ने कथा प्रस्तुत गरिएको छ ।

चलचित्रको शीर्षकबाट अलमलिएका दर्शकले विद्या बालनलाई दृश्यमा देख्न पाउनेछन् । जो एक वन अधिकारी हुन्छिन् र उनले एकैपटक धेरै खलनायकहरूलाई मारेर कथा अगाडि बढ्छ । तर, चलचित्रको शीर्षक हेरेर चलचित्र हेर्न उत्साहित दर्शक निराश भने हुनेछन् । किनभने चलचित्रमा शीर्षकमा झैँ कोही शेर (सिंह झैँ बलियो) छैन र वीरता समेटिएको अभिनय पनि छैन ।

विद्याको अभिनय त राम्रो छ‚ तर उनको भूमिका वास्तविक संसारमा त्यस्ता राम्रा व्यक्तिहरूको जस्तै छ, जो धेरै नराम्रो मानिसहरूले घेरिएर रहेका छन् । समग्रमा‚ चरित्रमा रहेर विद्याले राम्रो काम गर्न चाहन्छिन्‚ तर उनी समाजको दमनको शिकार हुनुपर्छ । चलचित्रमा उनको चरित्र साधारण देखाएर कथालाई न्याय गर्ने प्रयास गरिएको छ ।

निर्देशक अमित वि मसुरकरको अघिल्लो चलचित्र ‘न्यूटन’ र यो चलचित्रको फ्लेभर उस्तै उस्तै आउँछ । चलचित्रमा दर्शकले एक सरकारी कर्मचारीलाई जङ्गल, सरकारी कार्यालय र भ्रष्ट मानिसहरूसँग लडिरहेको देख्न सक्छन् । समाजका केही तीतो सत्य र कुकर्महरूलाई पनि चलचित्रमा समेटिएको छ ।

कथा वन अधिकारी विद्याको वरिपरि बुनिएको छ, जसले शेरनी (पोथी सिंह) लाई खोज्दैछ । शेरनीले धेरै गाउँलेलाई मारेकी छ । विद्यासँग काम गर्ने केही मानिस राम्रा छन् भने केही मानिस खराब पनि छन् । विद्याले यो सिंहलाई समातेर राष्ट्रिय निकुञ्जमा छोड्ने प्रयास गरेकी हुन्छिन् । तर केही मानिस भने उक्त सिंहलाई मार्न चाहन्छन् । अनि भने यस विषयमा राजनीति गर्दैछन् । अन्तमा, विद्या आफ्नो प्रयासमा सफल भएको नभएको थाहा पाउन भने चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

चलचित्रमा विद्या बालन बाहेक बृजेन्द्र काला, नीरज काबी, शरद सक्सेना, विजय राज, इला अरुण र मुकुल चड्ढालगायत कलाकारलाई पनि देख्न सकिन्छ । सबैले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेका छन् । पहिलो पटक विद्या पर्दामा देखिँदा दर्शकमा सकारात्मक भावना पैदा हुन्छ ।

यदि तपाईं प्रकृतिप्रेमी हुनुहुन्छ भने चलचित्रमा भएका जङ्गलका दृश्यहरूले तपाईंको मन जित्न सक्छ । यस बाहेक चलचित्रको ‘बन्दर बाँट’ गीतले पनि चलचित्रको विषयमा धेरै बोल्छ । चलचित्रमा समावेश संवाद सामान्य बोलीचालीमा प्रयोग हुने खालका अर्थात् सरल छन् ।

चलचित्रमा केही यस्ता दृश्य पनि छन्‚ जहाँ कुनै कुराकानी त छैन तर कलाकारहरूको बलियो मुखाकृति अभिव्यक्तिको आधारमा कथा अघि बढ्छ । यसमा एउटा संवाद छ, जहाँ विजय राज भन्छन्‚ ‘टाइगर उस जङ्गल मे है और उसे इस जङ्गल की तरफ जाना है । अब बिच मेँ हमने एक तरफ हाइवे बना दिया है और एक तरफ फैक्ट्री । कैसे जाएगी वो इस् जङ्गल से उस जङ्गल तक ?’

यसले हामीले गरिरहेको प्रकृति दोहन र यसले जनावरहरूको बासस्थानमा पर्ने प्रभावको विषयमा बताउँछ । चलचित्रले भ्रष्टाचारको विषय समेत उठान गरेको छ । यसले पितृसत्तात्मक समाजको चित्रण गरेको छ र मानिस र पशुबीचको सम्बन्धलाई सरल रूपमा प्रष्ट्याउने प्रयास गरेको छ ।

चलचित्र : शेरनी
कलाकार : विद्या बालन, शरत सक्सेना, विजय राज, इला अरुण, बृजेंद्र काला, नीरज काबी और मुकुल चड्ढा
निर्देशक : अमित बि. मसुरकर
निर्माता : भूषण कुमार, कृष्ण कुमार, विक्रम मल्होत्रा, अमित बि. मसुरकर
जनरा : थ्रिलर
समय : दुई घण्टा १५ मिनेट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *