राहत सामग्री लिएर सिन्धुपाल्चोक जाँदै पूजा

काठमाडौँ । नायिका तथा निर्माता पूजा शर्माको जन्मथलो सिन्धुपाल्चोक हो । आज उनको जन्मथलो पीडामा छ । प्राकृतिक विपत्तिले घायल सिन्धुपाल्चोकलाई यस वर्ष पनि बाढी पहिरोले थालिएको छ ।

त्यसो त पूजालाई आफ्नो घर र परिवार (आमा बाहेक) को खासै मतलब लाग्दैन । तर समग्र जिल्ला नै रोएको बेला उनका आँखा थामिएका छैनन् । किन जहिल्यै सिन्धुपाल्चोक प्राकृतिक प्रकोपको चपेटामा पर्छ ? भन्ने उनको जिज्ञासाको कुनै जवाफ छैन ।

तर, आफू र आफ्ना केही साथी मिलेर दुखेका सिन्धुपाल्चोक बासीलाई मल्हम लगाउने उनको योजना छ । यसैका लागि आवश्यक सामग्री खाद्यान्न, लत्ताकपडा बोकेर उनी र उनको समूह सिन्धुपाल्चोक जाँदैछ । जिल्लाबासीका लागि सहयोग गर्न चाहने तथा कहीँ सामग्री पुर्‍याउनुपर्ने भएमा सम्पर्क गर्न उनले आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमा सिन्धुपाल्चोक ‘मेरो मुटु’ लेख्दै उनले बाढीको तस्बिरसहित सम्पर्क नम्बर उपलब्ध गराएकी छन् । सिन्धुपाल्चोक दुखेको बेला पूजाको मन पनि दुखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *