‘साहारा घर’ मा नायक पुष्प

काठमाडौँ । नायक पुष्प खड्का आफ्नो गृहजिल्ला कैलालीमा छन् । लकडाउन चल्दै गर्दा घर पुगेका उनी गाउँघर मै व्यस्त देखिएका छन् । कहिले रुख रोप्दै देखिन्छन् उनी त कहिले अस्ताउँदो सूर्यसँग रमाउँदै । मकै गोड्दै, खेत खन्दै उनी मातृभूमिमा रमाउँदै छन् ।

बेसहाराको घर ‘साहारा’ मा देखिएका छन् उनी अहिले । सहारा घरका संचालक संस्थापक बलबहादुर बिष्टप्रति कृतज्ञ छन् । सोही माटोमा जन्मिन पाएकोमा उनलाई गर्भ महसुस भएको छ । सहाराविहीन व्यक्तिहरूलाई सडकबाट उठाएर घरको माया ममता र आवश्यकता पूरा गर्ने बिष्टको काम प्रति कृतज्ञ पुष्प पनि त्यहाँ पुगेका छन् । उनी सहारा घरका व्यक्तिहरुलाई खाना खुवाउँदै, नाचगान गर्दै र समय बिताउँदै देखिएका छन् ।

‘बालबालिकादेखी वृद्धवृद्धासम्म जो कोही भए पनि जसको कोही छैन, न घर छ, न कसैसँग कुनै नाता छ, न कसैलाई चिन्छन् र कसैले मानसिक सन्तुलन गुमाएका त्यस्ता घरबारविहीनहरूका लागि एउटा व्यक्ति जसलाई म सानै देखी ठुलो व्यक्तिको रूपमा चिन्थे । पेशामा डाक्टर हुनुहुन्थ्यो । अहिले उहाँलाई एउटा समाजसेवी भनौँ या डाक्टर भनौँ या मेरो गाउँ समाजको आइडल ! मानवीय भावना भएका आदरणीय दाइ बलबहादुर विष्ट, जसले यस्ता बेसहारालाई खोजी खोजी रोडमा छट्पटाउदै हिँडेका कयौँ मानिसहरू रोगी दुखीहरूलाई साहारा घरमा उपचार गरी साहारा दिई सबैको अभिभावक बन्नु भएको छ । उहाँले गरेका कामहरू हेर्दा मलाई मेरो गाउँ-ठाउँको हो भन्दा गर्व लाग्छ । सधैँ तपाईँलाई ऊर्जा मिलोस्, शक्ति मिलोस्, सबैको साथ र सहयोग मिलोस् र साहारा घर एउटा राम्रो घर, बेसहाराको घर भनेर सबैले गर्व गरुन् !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *