चीनबाट ४० लाख डोज खोप किन्ने सरकारको निर्णय, साउनबाट लगाउन थालिने

काठमाडौँ । सरकारले ४० लाख डोज कोभिड-१९ विरुद्धको चिनियाँ खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खोप खरिदको निर्णय गरेको हो ।

यसको जानकारी बुधबार बसेको कोभिड-१९ निर्देशक समिति बैठकमा प्रधानमन्त्री ओली दिएका हुन् । कोभिड नियन्त्रणका लागि खोप अनिवार्य भएको भन्दै प्रधानमन्त्रीले ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको जानकारी दिए । ती खोप आगामी साउनदेखि लगाउन थालिने उनको भनाई छ ।

पहिलो लटमा ४० लाख डोज खरिद गर्ने र यो खोप जुन महिनाभित्रै ल्याउने तयारी सरकारको छ । यसअघि भारतबाट मात्रै खोप खरिद गर्ने मनसायमा रहेको सरकारले भारतबाट तत्काल सम्भव नदेखेपछि चीनतर्फ लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *