सिन्धुपाल्चोकबासीको पीडामा मलहम लगाउन वर्षाको आग्रह

काठमाडौँ । समसामयिक विषयप्रति नायिका वर्षा सिवाकोटीको चासो बढ्दो छ । उनलाई पछिल्लो समय जनचासोका विषयहरूले पिरोल्ने गरेको छ । आवाज बिक्ने भएकोले पनि उनी सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएकी छन् ।

नेता उज्ज्वल थापाको निधन, राजदरबार हत्याकाण्ड, सविता भण्डारी मृत्यु प्रकरण र राउटे युवतीको व्यथाका विषयले उनलाई बिझाउने गरेको छ । उनी सामाजिक सञ्जालमा यस्ता विषयमा खुलेर बोल्न थालेकी छन् ।

अहिले देशभर बाढी र पहिरोको प्रकोप बढेको छ । धेरैले घरबार गुमाएका छन् भने कति बेपत्ता छन् । यसको असर सिन्धुपाल्चोकमासमेत देखिएको छ । हरेक वर्ष बाढी/पहिरोको प्रकोप खेपिरहेका यहाँका जनताले यस वर्ष पनि सोही स्थितिबाट गुज्रिन बाध्य छन् ।

 नायिका वर्षाले यस विषयमासमेत आफ्नो बिचार राखेकी छन् । उनले गैर जिम्मेवारी पनलाई दोष दिँदै समयमा ध्यान पुर्‍याउन नसक्नुको परिणाम सिन्धुपाल्चोक बासीले भोग्न परेको बताएकी छन् । पहिला भूकम्प र प्रत्येक वर्ष बाढी/पहिरोको जोखिममा पर्ने गरेका व्यक्तिको विषय मा सम्बन्धित निकाय जिम्मेवार नभएको उनको गुनासो छ ।

‘प्राकृतिक विपत्ति व्यहोर्ने सवालमा सधैं सिन्धुपाल्चोक अग्रपङ्क्तिमा पर्दै आएको छ । भूकम्प होस वा बाढी पहिरो होस्, सिन्धुपाल्चोकका जनताले सधैं पीडित बन्नुपरेको छ । यतिखेर सिन्धुपाल्चोक बासी जनताका निम्ति आ आफ्नो स्थानबाट सहयोग गरौँ, कोरोनाका बिचमा त्यहाँका जनताको निम्ति हामीले सहयोग जुटाउन सक्छौँ। यो पिडामा मलहम लगाउन सक्छौँ ।

विपत्तिको पीडा भोग्दै आएको यो जिल्लालाई सरकारले समयमै उचित ध्यान नदिएर पो यस्तो भएको हो कि, बाढी पहिरो जान थाले पछि मात्र विपद् व्यवस्थापन, दैवी प्रकोप उद्धार समिति देखिन थाल्ने भएर हो ? यो प्रश्न अहिले उठेको छ । सहानुभूतिका निम्ति एउटा विज्ञप्ति जारी गरेपछि राजनीतिक दलको भूमिका सकिन्छ जस्तो ठानिएको छ ।

नोट : प्रकृति दोहनका कारण विपत्ति भयावह भएको देखिन्छ,

यो समयमा हामी सबैले हातेमालो गरेर अगाडि बढौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *