जगन्नाथ खतिवडा भन्छन्- झलनाथ खनालको हस्ताक्षर दुरुपयोग भयो

काठमाडौं । नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले वरिष्ठ नेता झलनाथ खनालको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । इगो साँध्ने प्रवृत्ति त्यागेर पार्टी एकतालाई जोगाउनुपर्ने भन्दै नेता खनालले बुधबार (आज) दिल्ली उड्नुअघि एक विज्ञप्ति जारी गरेका थिए । जबकि, उक्त विज्ञप्ति खनाल आफैंले नै आफ्नो आधिकारिक र प्रमाणित फेसबूकमा पोस्ट गरेका छन् । तर, नेता खतिवडाले भने हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । नेता खतिवडाले लेखेका छन्— ‘स्वदेशमा उपचार नहुने परिस्थितिमा विदेशमा उपचार गर्न जानुभएका क. झलनाथ खनालको नाममा उहाँको हस्ताक्षर दुरुपयोग गरी वक्तव्य जारी गर्नु निकै नै दुखद् छ । यो षडयन्त्र हो । श्वासप्रश्वासमा समेत समस्या भैरहेको अवस्थामा झलनाथ खनालले यस्तो वक्तव्य लेख्ने कल्पना गर्न सकिँदैन ।’

नेता खतिवडाले विज्ञप्तिमा उल्लेखित विचार नेता खनालको विचारसँग मेल नखाने जिकिर गरेका छन् । ‘उहाँ प्लेन चढि सकेपछि यो वक्तव्य आउनु आफैंमा रहस्यमय छ । पार्टीमा एकता गर्न क. खनालको वक्तव्यको चालबाजी रची कार्यकर्तालाई दिग्भ्रमित पार्नु नै पर्दैन । सर्वोच्चको फैसला आदेश र विधानको व्यवस्थाबमोजिम खुला संवाद गर्दा हुन्छ । बिग्रेको सच्याउँछु भनी सच्याउँदा हुन्छ । एजेण्डाहरु सम्बोधन गर्दा हुन्छ । यस्तो नाटक गरिरहनु पर्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *