दिल्ली उड्नुअघि खनालको सन्देश

इगो साँध्ने प्रवृत्ति अन्त्य गरी एकता कायम राखौँ

काठमाडौं । थप स्वास्थ्य उपचारका लागि दिल्ली उडेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकताका लागि अघि बढ्न पार्टीपङ्तिलाई आह्वान गरेका छन् । नर्भिक अस्पतालमा उपचाररत नेता खनाल स्वास्थ्यकर्मीहरुको सल्लाहरमा थप उपचारका लागि दिल्ली उडेका छन् । त्योभन्दा अगाडि विज्ञप्ति जारी गर्दै नेता खनालले भनेका छन्— ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमता साथ एकता जोगाउने प्रयत्न गर्यौँ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौँ । त्यसैले टुटफुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौँ भन्ने सबैमा आह्वान गर्न चहान्छु ।’

देशको बिथोलिएको वर्तमान राजनीतिले आफूलाई दुखी बनाएको बताउँदै नेता खनालले विवाद र ध्रुवीकरणको पराकम्पले एमालेलाई छोएको उल्लेख गरेका छन् । ‘राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु बीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ,’ खनालले भनेका छन् ।

गत वर्षको पुस ५ गते एमाले अध्यक्षसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेपछि दुई फ्याक भएको एमाले अझै जोडिन सकेका छैनन् । त्यसपछि अध्यक्ष ओली आफूखसी चल्नाले पार्टीमा झनै समस्या खडा भएको बुझाइ नेता खनालसँगै माधवकुमार नेपाल, भीम रावललगायतका नेताहरुको छ । अहिले विपक्षी एमालेको भूमिमा रहँदै आएका नेता खनालले व्यक्तिगत इगो साँध्ने प्रवृत्ति अन्त्य गरिनेपर्ने बताएका छन् । भनेका छन्— ‘देशका प्रमुख दलहरु र तिनका नेताहरु बीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्दछ ।’

नेता खनालले पछिल्लो समय संस्थापन पक्ष एकताको लागि तयार हुनुपर्ने र नभए अर्को पार्टी खोल्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *