झलनाथ खनाललाई दिल्ली लगिँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई बुधबार (आज) दिल्ली लगिँदै छ । खनाल सचिवालयकाअनुसार नेता खनाल नयाँ दिल्लीस्थित एपोलो अस्पतालका लागि दिउँसो उड्दैछन् । स्वास्थ्यमा सुधार नआएपछि दिल्ली लगिने सचिवालयले जनाएको छ ।

नेता खनाल स्वास्थ्यमा खराबी देखिएपछि जेठ ३१ गते काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।

नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो कम नहुने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या छन् । नेता खनाल यसअघि गत वर्षको माघ ३० गते एपोलो नै गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *