थप ४१८७ सङक्रमणमुक्त, ४१ को मृत्यु हुदाँ कति सङक्रमित थपिए ?

काठमाडौं । नेपालमा मंगलबार थप २ हजार ७ सय ४५ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ४ सय ४९ पिसिआर परिक्षणमा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ एन्टीजेन परिक्षणमा एक हजार ६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३४ हजार ६०५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४१ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ । त्यस्तै थप ४ हजार १ सय ८७ जना निको हुँदा हालसम्म नेपालमा ५ लाख ४० हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ६३ हजार २५७ सक्रिय संक्रमित आइशोलेशन र ५१५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३२ लाख ३१ हजार ६१२ वटा पिसिआर र १ लाख १९ हजार ५१ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *