विमल गौतमको ‘मायाको दूरी’ सार्वजनिक

काठमाडौं। विमल गौतमको गीत ‘मायाको दूरी’ सार्वजनिक भएको छ । गीतमा विमलकै स्वर, शब्द र संगीत रहेको छ ।

गीतमा मोहित मुनालले संगीत संयोजन गरेका छन् । सागर पाण्डेले रेकर्ड गरेको गीतमा मिक्सिङ किशन श्रेष्ठले गरेका छन् ।

गीतको भिडियो छिटै नै तयार गर्ने विमलको योजना छ । करिब एक दशक यता संगीत क्षेत्रमा सङ्घर्षरत विमलले गीत आफ्नै च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *