निर्वाचन आयोगकाे फैसलाबारे बाबुराम- ‘खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र’

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोग भूमिकातर्फ संकेत गर्दै प्रश्न उठाएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेको भट्टराईले आयोगको फैसलाप्रति असन्तुष्टि जनाउँदै प्रश्न उठाएका हुन् ।

उनलेले सामाजिक सञ्जालमार्फत जसपामा पुरानै कार्यकारिणी समिति र दुई अध्यक्ष रहने गरी आयोगले गरेको फैसला खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र भएको टिप्पणी गरे ।

आयोगले ठाकुर-महतो पक्षलाई आफूहरुले गरेको कारबाहीलाई मान्यता नदिएकोमा व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् । आयोगले जसपाको विवादमा दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गरेको उनको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *