काठमाडौं महानगरका यी ठाउँमा लगाइँदैछ खोप

महानगरले ६० देखि ६१ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने भएको हो

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज र भोलि चिनियाँ खोप ‘भेरोसिल’ लगाइँदैछ । महानगरले ६० देखि ६१ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने भएको हो ।

यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो । खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा आज र भोलि खोप लगाउन लागिएको महानगरले जानकारी दिएको छ ।

वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिन्छ । परिचय खुल्ने कागजपत्र लिएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेभित्र खोप लगाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *