५ पूर्वप्रधानमन्त्रीलाई सूर्य थापाको टिप्पणी– हामी सत्ताका भोका छौं, ५ लागेर पनि एकलाई सकेनौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार विज्ञप्ति जारी गर्ने ५ पूर्वप्रधानमन्त्रीहरुलाई सत्ताका भोका भनेका छन् । शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, झलनाथ खनाल र माधवकुमार नेपालले ‘दीर्घकालीन असर पर्ने कामकारबाही नगर्नू’ भनि जारी गरेको विज्ञप्ति ट्वीटरमार्फत साझेदारी गर्दै थापाले यस्तो अभिव्यक्ति दिएका हुन् । थापाले लेखेका छन्— ‘हामी सत्ताका भोका छौं ! पाँच लागेर पनि एकलाई सकेनौं !! विचराहरूको दुःख ।’

यसअघि शनिवार विज्ञप्ति जारी गर्दै ५ पूर्वप्रधानमन्त्रीहरुले दीर्घकालीन असर पर्ने कामकारबाही नगर्न सरकारलाई चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *