युरोकप २०२०

वेल्सलाई ठूलो सपनातर्फ डोहाेर्‍याउँदै बेल

काठमाडौं । ग्यारेथ बेललाई युरोकपमा स्विटजरल्यान्डसँग खेल्दै गर्दा उनका लागि मुख्य आकर्षण वेल्सको कप्तानी गर्नु हो । मैदानमा उत्रँदै गर्दा उनलाई कप्तानका रुपमा वेल्सलाई सुरुवाती खेल जिताउनुपर्ने चुनौती छ । खेल नेपाली समय अनुसार शनिवार (आज) बेलुका ६:४५ मा सुरु हुनेछ

रियल म्याड्रिडबाट चारपटक च्याम्पियन्स लिग विजेता ३१ वर्षीय यी फरवार्डले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनले २०१६ मा समेत वेल्सलाई सेमिफाइनल सम्म पुर्‍याएका थिए । यो वर्षको सुरूवातमा एस्ले विलियम्सनले सन्यास लिएपछि उनी कप्तान बनेका छन् । कप्तानको आर्म बेन्ड उनका लागि एक ठूलो सम्मानका रुपमा रहने छ ।

उनले देशलाई ठूला प्रतियोगितामा अर्को उचाइसम्म लान पाउनु आफैंमा ठूलो उपलब्धि भएको बताएका छन् । उनले आफू यो सफलताको पर्खाइमा रहेको बताए । वेल्स तथा स्विटजरल्यान्ड समूह ‘ए’मा छन् । यसअघि समूह एकै खेलमा इटालिले टर्कीलाई उद्घाटन खेलमा ३-० ले पराजित गरेको छ ।

२००९ मा यु-१७ विश्वकप जितेको तथा २०११ मा यू-२१ युरोपियन च्याम्पियनशिपको उपविजेता बनेको स्वीटजरल्यान्डसामु अब सिनियर समूहमा पनि यस्तै सफलता हासिल गर्नुपर्नै चुनौती छ । पछिल्ला ८ सिजनमा ७ पटक युरोकपमा छनोट भएपनि २००८ मा सह आयोजकका रुपमा दोस्रो चरण पुग्नुबाहेक स्विटजरल्यान्डले गतिलो प्रदर्शन गर्न सकेको छैन ।

तथ्य  तथ्यांक
वेल्स तथा स्विटजरल्यान्ड बिच यो पहिलो ठूलो प्रतियोगिताको भिडन्त हो । मैत्रीपूर्णलगायत अरु खेलमा भने स्विटजरल्यान्डले ७ मध्ये पाँच खेल जितेको छ । वेल्सले २ खेलमात्र जितेको छ ।

स्विटजरल्यान्ड युरोपियन च्याम्पियनसिपमा पाँचौपटक प्रतिस्पर्धा गरिरहेको छ। वेल्सका ग्यारेथ बेलले स्विटजरल्यान्ड विरुद्ध पछिल्ला दुई खेलमा दुबैमा गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *