हरि लम्सालको गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक

काठमाडौँ । गायक तथा सङ्गीतकार हरि लम्सालले  ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन् ।

कपिल अन्जानको शब्द रचना र हरि लम्सालको संगीत तथा स्वर रहेको गीतमा देश प्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ ।

गीतको भिडियोमा शङ्कर पराजुली  र आस्था बस्नेतको अभिनय रहेको छ  । शक्ति पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामाङको  सिनेमाटोग्राफी र अन्जल शर्माको सम्पादन रहेको छ भने केशव भट्टराई र नीरज अर्यालको लगानी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *