बुढानिलकण्ठमा विपक्षी गठबन्धनको छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरुबीच छलफल जारी छ । बैठकमा पछिल्लो राजनीतिक परिदृश्य र भावी रणनीतिबारे छलफल भइरहेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । भने— ‘बनेको गठबन्धनको बैठक बस्नु नौला कुरा भएन । समसामयिक विषयहरु नै हुन् ।’

कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरुबीच अहिले छलफल जारी छ ।

गण्डकी प्रदेशमा सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको तथा सर्वोच्च अदालतले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएकै दिन विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् । नेताहरुबीच यी यावत् विषयसँगै भावी रणनीतिबारे छलफल भइरहेको छ ।

गत असार ९ गतेदेखि देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनलाई प्राथमिकतामा राखेर ‘फास्ट् ट्र्याक्’ मा सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *