नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले वननियुक्त ७ मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र १ जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन् ।

आज खगराज अधिकारी, नैनकला थापा, राजकिशोार यादवलगायतका ७ विभागीय मन्त्री र एक राज्यमन्त्री थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *