चिरायु अस्पतालद्वारा लोकदोहोरी प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । चिरायु नेसनल हस्पिटलले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सुरु गरेको ‘रोगबाट तपाईं बच्नुस्‚ भोकबाट हामी बचाउछौं’ अभियान लाइ केही राहत हुने अभिप्राय ले केही नगदसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । उक्त अभियान सुरु गर्दै प्रतिष्ठानसँग आवद्ध कलाकारहरुलाई केही दिन देखि निःशुल्क खाद्यान्न सामग्री सहयोग वितरण गरेको चिरायु अस्पतालका  बिजनेस डेभलेपमेन्ट म्यानेजर हिमाल रानाले मकालु खबरलाई बताए ।

लोकदोहोरी गीत प्रतिष्ठानसँग आवद्ध तथा पीडित कलाकारहरुलाई चरणबद्ध रुपमा खाद्यान्न सामग्री सहयोग वितरण सुरु गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

यस अभियानमा सहयोग गर्नु चिरायु नेसनल हस्पिटललाई धन्यवाद दिँदै आगामी दिनहरुमा सबैको निरन्तर सहयोगको अपेक्षा रहेको अध्यक्ष बिजीले बताए । त्यस्तै कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण आफ्नो रोजगारी गुमाएर एक छाक खान समस्या परेका कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट केही भएपनि राहत मिलोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको निवर्तमान अध्यक्ष बद्री पंगेनीले बताए ।

पहिलो चरण कोरोनाको महामारीमा पनि यस्तै निषेधाज्ञा लागू भएपछि सयौं कलाकारहरु मर्कामा परेका थिए । रात्रिकालीन व्यवसाय तथा दोहोरी साँझमा काम गरेर आफ्नो गुजारा र घर परिवारको पनि पेट पाल्दै आएका कयौँ कलाकारहरू यतिबेला कोठा भाडा तिर्न र खान नपाएर छट्पटाइरहेका छन् ।

पंगेनीले पहिलो चरणमा प्रतिष्ठानमा आवद्ध कलाकारहरुलाई राहत वितरण गरिए पनि चरणबद्ध रुपमा प्रतिष्ठानमा आवद्ध नभएका तथा कलाकारितामा लागेर महामारीको चपेटामा परेका कलाकार र उनले अशक्त तथा नेत्रविहीनहरुलाई समेत सहयोग गर्दै आएको बताए ।

चिरायु नेसनल अस्पतालले विगतका दिनहरुमा पनि पनि सहयोग गर्दै आएको रानाले बताए । अस्पतालले ख्यातिप्राप्त डाक्टरहरूबाट सेवा प्रदान गरिरहेको हस्पिटलका बिजनेस डेप्लोमेन्ट अफिसर नवराज भुजेलले बताए ।

उक्त कार्यक्रममा इन्देणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेललगायत दर्जनौं कलाकारहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *