मन्त्रीपरिषद् विस्तारको तयारी हुँदै, आजै शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तारको तयारी गरेका छन् । मन्त्रीहरुको नाम टुङ्गो लगाउन प्रधानमन्त्रीले पार्टीको नेताहरुसँग छलफल गर्दैछन् । विस्तारपछि आजै शपथ ग्रहणसमेत हुनसक्ने सम्भावना छ । प्रधानमन्त्री ओलीनिकट एक नेताले मकालु खबरलाई भने— ‘मन्त्रीपरिषद्लाई पूर्णता छिट्टै दिने प्रधानमन्त्रीज्यूको मनसाय हो । त्यो हुनाले आजभोलि नै मन्त्रीपरिषद् विस्तार हुनसक्छ । त्यो तयारी भइरहेको छ ।’

मन्त्रीपरिषद्लाई समावेशी बनाउने ती नेताको भनाइ छ । अब विस्तार हुने मन्त्रीपरिषद्बाट खासगरी कर्णाली, गण्डकीलगायतका प्रदेशले मन्त्री पाउनेछ ।

यसअघि अघिल्लो साता प्रधानमन्त्री ओलीले पुरानो मन्त्रीपरिषद्का चार जनाबाहेक सबैलाई हटाएर महन्थ ठाकुरपक्षी जसपासँग पुनःगठन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *