देउवाले भने- भदौमै महाधिवेशन हुन्छ, भ्रममा नपर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् । बुधबार (आज) विज्ञप्ति जारी गर्दै सभापति देउवाले महाधिवेशन भदौमै हुने बताएक हुन् । देउवाले भनेका छन्— ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

आफू महाधिवेशन गर्न पूर्ण प्रतिबद्ध भएको प्रण गर्दै सभापति देउवाले अन्य नेता/कार्यकर्ताहरुलई भ्रममा नपर्न आग्रहसमेत गरेका छन् । ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो,’ सभापति देउवाले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *