सुदूरपश्चिममा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई बर्खास्त गर्छौं : अध्यक्ष थापा

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशनविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमालेका १७ प्रदेश सांसदलाई बर्खास्त गर्ने बताएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमाले नेपाल समूहका १७ प्रदेश सांसद विश्वासको मत दिएपछि उनले यस्तो बताएका हुन् । उनले सांसदले पार्टीले दिएको निर्देशनको उल्लंघन गरेको बताए ।

थापाले उनीहरुलाई पहिले पनि स्पष्टीकरण सोधेकाले बर्खास्त गर्ने तयारी भएको जानकारी दिए । पत्र तयार भइरहेकाले आजै बर्खास्त गर्ने तयारी भएको जानकारी दिए ।

नेपाल समूहका १७ जना सांसदले पार्टी केन्द्रको निर्देशनविपरीत मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *