सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, ओलीलाई धोका, कांग्रेसको ‘नो भोट’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री भट्टले विश्वासको मत पाएका हुन् । ५२ सदस्यीय प्रदेशसभाबाट उनको पक्षमा ३० सांसदले विश्वासको मत दिएका छन् ।

विश्वासको मत प्राप्त गर्नका लागि कुल संख्याको २७ मत आवश्यक पर्छ । उनलाई एमाले (माधव पक्ष)का १७ र माओवादी केन्द्रका १३ सासदले मत दिएका छन् ।

विश्वासको मतको विपक्षमा एमाले (ओली पक्ष)का सात र जसपाका दुई गरी ९ मत खसेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने तटस्थ (नो भोट) बसेको छ । काँग्रेससंग १२ मत छन् ।

यसअघि कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नपुग्ने अवस्था आए मात्रै मतदान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कांग्रेसले मत नदिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *