सुदूरपश्चिम प्रदेश

कांग्रेसले सरकार ढल्न नदिनेः बहुमत पुगे ‘नो भोट’, नत्र पक्षमा मतदान

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले त्रिलोचन भट्ट नेतृत्वको सरकार ढल्न नदिने बताएको छ । विहान बसेको संसदीय दलको बैठकले सदनभित्रको अवस्था हेरेर निर्णय लिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले केहीबेरमा प्रदेशसभामा विश्वासको मत लिने तयारी छ । मुख्यमन्त्रीको पदमै रहने गरी समर्थन गर्ने निर्णय गरेको कांग्रेसका प्रदेशसभा सांसद टेकबहादुर रैकाले जानकारी दिए ।

यो पनि : मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्विप

उनका अनुसार मुख्यमन्त्रीले विश्वासको मत माग्दा कांग्रेसबाहेक नै बहुमत पुग्ने अवस्था भएमा तटस्थ बस्ने र बहुमत नपुग्ने भयो भने मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको हो । ‘हामी मत दिने बेला ‘नो भोट’को नीति लिन्छौं, उनले भने, ‘तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय भएको छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *