उपत्यकामा निषेधाज्ञाको ४०औं दिन (तस्बिरहरू)

काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञाको साेमबार ४० दिन पुगेको छ ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत वैशाख १६ गते मध्यरातिदेखि निषेधाज्ञा जारी गरेका थिए ।
जनजीवन प्रभावित भए पनि मानिस सरकारले जारी गरेको निषेधाज्ञाको आदेश पालना गर्दै घरभित्रै बसेका छन् । सोमबार उपत्यकाका विभिन्न भागमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ ।

उपत्यकाका मुख्य सडकमा सवारीसाधनको आवागमन न्यून देखिएको छ । सडकमा अत्यावश्यक सेवाका सवारीसाधनमात्रै चलेको देखिएको छ । स्वास्थ्य क्षेत्र, एम्बुलेन्स, खाद्य सामग्री, तरकारी, फलफूल, सञ्चार, सुरक्षाकर्मी, विद्युत्, खानेपानी, बैंकलगायतका क्षेत्रका सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।

प्रहरीले मूल सडकका मुख्य-मुख्य चोकमा बसेर सवारीसाधन चेकजाँच कडा रुपमा गरिरहेका छन् । अत्यावश्यकबाहेकका सवारीसाधन चलाएमा प्रहरीले सडकमा होल्ड गरेर कारबाही गरेको देखिन्छ ।

उपत्यकामा जारी निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *