संसद् विघटनः आज नबस्ने भो संवैधानिक इजलास

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलास नबस्ने भएको छ । योसँगै आज हुने भनिएको प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइसमेत रोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आइतबार न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए । त्यसपछि पनि न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस भएको थियो ।

न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको निष्पक्षतामाथि प्रश्न उठेको हो । उनीहरू अलग हुनुपर्ने बहस भएको थियो । आज कार्की र भट्टराई आफ्नो राय दिने बुझिएको छ ।

आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

याे पनि : मुद्दामा प्रवेश नै नगरी सकियो पहिलो दिनको बहस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =