ओलीको प्रस्तावबारे धारणा बनाउँदै खनाल-नेपाल समूह

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूह छलफलमा जुट्दै छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेका प्रस्तावबारे धारणा बनाउन खनाल-नेपाल समूह आज छलफल जुट्न लागेको हो ।

भर्चुअलमाध्यमबाट छलफल गर्न लागेको सांसद झपट रावलले जानकारी दिए । ‘ओलीले राखेका प्रस्तावबारे आज छलफल गर्दैछौं । समय तय भइसकेको छैन,’ उनले भने, ‘छलफलले अध्यक्षको प्रस्तावबारे धारणा र रणनीति बनाउँछ ।’

यो पनि : पार्टी एकताका लागि ओलीकाे प्रस्ताव, २०७५ जेठ ३ काे अवस्थाबाट पार्टी अघि बढाउन तयार

ओलीले आइतबार जारी गरेको २ पेज लामो ६ बुँदे वक्तव्यमा आफू पार्टीलाई नवौँ महाधिवेशनकै संरचनामा लैजान तयार रहेको बताएका छन् । वक्तव्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्नेजस्ता बुँदा छन् । तर खनाल-नेपाल समूहका केहि नेताहरुले भने देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन नसकिने स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =