राउटे समुदायका युवतीलाई यौन दुर्व्यवहार गर्ने तीनजना पक्राउ

सुर्खेत । लोपोन्मुख राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई होटलमा लगी मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले सुर्खेत गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुनलाई आइतबार पक्राउ गरेको हो । अर्धनग्न रुपमा रहेका उनीहरुले राउटे युवतीलाई मदिरा खुवाएर दुर्ब्यवहार गरेको भिडिओमा देखिन्छ ।

भिडिओमा दुई राउटे युवतीमध्ये एकलाई आफ्नी बहिनी र अर्कीलाई बुढी भनी सम्बोधन गर्दै याैन दुर्व्यवहार गरेका छन् । उनीहरुले आफूहरूलाई ‘डिस्टर्ब’ भएको भन्दै उनीहरूलाई बाहिर जान आग्रह गर्दा उल्टै यौन हिंसा गरेका छन् । याे भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे र थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *