जहदामा जीवन बचाउ अभियान

विराटनगर । मोरङको जहादा गाउँपालिकामा जीवन बचाउ अभियान शुरु भएको छ । भिलेज नेपाल र हातीबन्धा युवा क्लबले जीवन बचाउ अभियान शुरु गरेका हुन् ।

अभियानले लामो समयको लकडाउनका लागि आर्थिक अवस्था कमजोर भएका जहदा गाउँपालिकाका वडा नम्बर १ ,२ र ३ का अति विपन्न परिवारलाई राहत वितरणसमेत गरेको छ । कोरोना कहरको दोस्रो लहरको चपेटामा परेका गरिव तथा अति विपन्न परिवारहरुलाई दैनिकी हात मुख जोड्न समस्या भएपछि ती परिवारलाई जीवन बचाउ अभियानअन्तर्गत पालिकाका ३ वटा वडामा राहत सामग्री वितरण गरिएको भिलेज नेपाल संस्थाका अध्यक्ष विष्णु राजवंशीले जानकारी दिए ।

राजवंशीका अनुसार वडा नम्बर १ का ५३ घर, वडा नम्बर २ का २४ परिवार र वडा नम्बर ३ का १२ परिवार गरी जम्मा ८९ घर परिवारलाई राहत स्वरुपको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको हो । जीवन बचाउ अभियानले दाल, चामल, नुन , तेल, खाने तथा स्वास्थ्य सामग्री वितरण गरेको राजवंशीले बताए ।

जीवन बचाउ अभियानमा विराटनगर महानगरपालिकासहित जहदा, कटहरी, धनपालथान गाउँपालिकामा पनि संचालन हुने हातीबन्धा युवाक्लबका अध्यक्ष पृतम राजवंशीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *