‘सबैतिर छ पार्टी, तर कहीँ छैन पार्टी’को अवस्था बदल्नुपर्छ : ईश्वर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पाखरेलले ‘सबैतिर छ पार्टी, तर कहीँ छैन पार्टी’को अवस्थालाई बदल्नुपर्ने बताएका छन् ।

आइतबार (आज) फेसबूकमार्फत ३ वर्ष ३ महिना ७ दिन सरकारमा रहँदा आफूले गरेका कामहरूको विवरण सार्वजनिक गर्दै महासचिव पोखरेलले आफू महासचिव भएको भन्दै आफूले अभियान चलाउनुपर्ने उल्लेख गरेका छन । ‘म नेकपा (एमाले)को महाधिवेशनबाट निर्वाचित महासचिव । तर, ‘महान र ऐतिहासिक’ भनिएको एमाले—माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिनँ । तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले—माओवादी पार्टीहरूको पूर्वस्थिति कायम रहन पुगेका कारण म पुनः एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु, म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ,’ महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आइतबार (२३ जेठमा) बुझाइसकेको भन्दै पोखरेलले यस अवधिमा पार्टीको कोषमा आफूले ६ लाख ५ हजार रुपैयाँ योगदान गरेको उल्लेख गरेका छन् । महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा) सरकारमा आएपछि उपप्रधानमन्त्रीबाट बिदा भएका पोखरेलले शनिवार नै मन्त्री क्वार्टर खाली गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *