ललिता निवास प्रकरण : ४९ जनाविरुद्ध २१ दिने सूचना जारी (सूचीसहित)

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएका ४९ जनाविरुद्ध २१ दिने सूचना जारी भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले सूचना जारी गरेको हो ।

०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेशअनुसार ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै गोरखापत्रमार्फत सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।

मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।

जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ मा कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो ।

सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा तत्कालीन उप–प्रधानमन्त्री गच्छदारसहित ३ मन्त्री, अख्तियारसहितका ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारी र अन्यसमेत १७५ जनाविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *