लोकदोहोरी कलाकारलाई प्रतिष्ठानले सहयोग गर्ने

काठमाडौँ । कोरोना र निषेधाज्ञाका कारण समस्यामा परेका लोकदोहोरी कलाकारलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सहयोग गर्ने भएको छ । प्रतिष्ठान र प्रतिष्ठानको उपत्यका समन्वय समितिले संयुक्त रूपमा कलाकारहरूलाई सहयोग सामाग्री वितरण गर्ने जनाएको छ ।

पहिलो चरणमा २ सय लोकदोहोरी कलाकारलाई सहयोग सामाग्री वितरण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यका समन्वय समितिसङ्गै ९ वटा समितिभित्रका पूर्व, निवर्तमान र वर्तमान कार्यसमितिका दोहोरी गायकगायिकालाई चामल, दाल, तेल, मसला, चिनी लगायत उपभोग्य सामाग्री  वितरण गरिने छ । पहिलो चरणमा संस्थासँग आबद्धलाई सहयोग गरिसकेपछि सङ्घसंस्था भन्दा बाहिर रहेर काम गरिरहेका कलाकारलाई सहयाेग गरिनेछ ।
दोहोरी साँझमा काम गरेका तर संस्थामा आबद्ध नभएका, होचा पुड्का सङ्घ, नेत्रहीन सङ्घ, रेकर्डिङ स्टुडियोहरूमा काम गरेका कलाकारहरूलाई पनि राहत वितरण गर्ने अध्यक्ष बिजीले बताए ।

यस वर्ष समस्यामा परेका ६ सय बढी लोकदोहोरी कलाकारहरूलाई खाद्यान्न वितरण गर्ने योजना रहेकाे पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *