थारु चलचित्र ‘निपुत्र’ सार्वजनिक

काठमाडौँ । थारु भाषाको लघु चलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेव चौधरीले निर्देशन गरेको चलचित्रमा थारु समाजको कथा छ, जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक विषयको चित्रण गरिएको छ ।

सप्तरीमा खिचिएको चलचित्रमा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडी आलम, आकाश बिक, आरके पाण्डे, शोभाकान्त चौधरीलगायताका कलाकारहरूले अभिनय गरेका छन् ।

लोकेन्द्र राज चौधरीले निर्माण गरेको चलचित्रमा राजु राजदेव चौधरीको कथा ,कोपी कान्छुको मेकअप ,अनिल शाहको छायांकन, नीरज कुमार चौधरीको सम्पादन देख्न सकिन्छ।

सेबिल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गएको चलचित्रका अन्य २ भाग क्रमशः रिलिज हुने निर्माण पक्ष बताउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *