आफ्नै पार्टीका नेताहरूसँग बाबुराम रुष्ट, भन्छन्- दुवैको मुकुण्डो उत्रिएन त ?

काठमाडाैं । जनता समाजवादी पार्टीकाे संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै पार्टीका नेताहरू सरकारमा सहभागी भएपछि रुष्ट बनेका छन् ।

आफूहरुकाे निर्णय र चेतावनीका बिच जसपाकाे महन्थ ठाकुर र राजेन्द्र महताे पक्ष सरकारमा सहभागी भएपछि रुष्ट बनेका डा. भट्टराईले याे घटना‍ले प्रधानमन्त्री ओली र ठाकुर-महताे पक्षकाे साँठगाँठबारे तीव्र असन्तुष्टि जनाएका छन् ।

समाजिक सञ्जालमा उनले लेखेका छन्‚ ‘यक्ष प्रश्न- संविधान जारी हुँदा दिपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? दुवैको मुकुण्डो उत्रिएन त ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =