जसपा सरकारमा जाँदा तीन एमाले मन्त्रीलाई ‘घाटा’

काठमाडौं । महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा) केपी शर्मा ओली नेतृत्वको सरकारमा जाँदा तीन एमाले मन्त्रीको पद गुमेको छ । भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो र वन तथा वातावरणमन्त्री प्रेम आलेको पद गुमेको हो ।
छुट्यो कि ?
यी ४ जनाबाहेक सबै मन्त्री पदमुक्त
महतो बने उपप्रधानमन्त्री, अरु को-को बने मन्त्री ?
जसपाका लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँलाई वन तथा वातावरण मन्त्रालयकोको जिम्मेवारी दिइएपछि तुम्बाहाङ्फे, महतो र आलेको पद गुमेको हो ।
यसअघि उपसभामुख रहेकी तुम्बाहाङ्फे पछिल्लो पटक भूमिसुधारमन्त्री बनेकी थिइन् । सभामुख बन्नको लागि तत्कालीन नेकपाका अध्यक्षद्वय ओली—पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बारबार जिकिर गरेकी तुम्बाहाङ्फे त्यसपछि मन्त्री बनेकी थिइन् । यता महतो र आले संसद् विघटन भएपछि मन्त्री बनेका थिए । जहाँ, आले शुरुका दिनमै विवादमा तानिएका थिए ।
पूर्वकानुनमन्त्रीबाट राजीनामा दिएर अहिले एमाले कार्यालय सचिव रहेका शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्ने भएका छन् । सरकारमा आएका १० जसपा नेताहरुले साँझ ८ बजे शपथ ग्रहण गर्नेछन् ।








