चार जनाबाहेक सबै मन्त्री पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ्गबाहेकका सबै मन्त्री पदमुक्त हुने ओलीनिकट एक नेताले बताए । मकालु खबरसँग ती नेताले भने— ‘अहिलेको लागि मन्त्रीपरिषद् विस्तारका क्रममा यस्तो भयो । त्यसमा खासै केही छैन ।’
अर्थमन्त्री पौडेललाई भने उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ । यस्तै पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।
महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा) आजै सरकारमा गएको छ । जसपाका ८ मन्त्रीसहित २ राज्यमन्त्रीले साँझ ६ बजे पद तथा गोपनीयतातको शपथ ग्रहण गर्दैछन् । नेता केशव झाले भने— ‘सरकारमा गयौँ । साँझ शपथ ग्रहण कार्यक्रम हुँदैछ ।’








