आजबाट ‘द भ्वाइस अफ नेपाल’ प्रसारण हुने

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को प्रसारण आजबाट सुरु हुने भएको छ । दुई सातासम्म रोकिएको शो आजबाट द भ्वाइस अफ नेपालको अफिसियल पेजमा कार्यक्रम प्रसारण हुने बताइएको छ ।

पेजमा लेखिएको छ, ‘आजबाट हामीहरू नक आउटका नयाँ शृङ्खलाहरू लिएर आउँदैछौँ । महागुरू कोच दीपको स्वस्थमा क्रमिक सुधार आइरहेको हुँदा यो साता र अर्को साता, शुक्रबारमात्र नकआउटको नयाँ शृङ्खला प्रसारण हुनेछ । त्यसपछि शुक्रबार र शनिबारको नियमित प्रसारणमा आउनेछौँ ।’

कोरोना सङ्क्रमणको जोखिम बढेकाले नयाँ भागहरू छायांकन गर्न नसकिएका कारण प्रसारण रोकिएको टिमले जनाएको थियो । यो शोका कोच तथा केही प्रतिस्पर्धीहरूलाई कोरोना सङ्क्रमण भएपछि शो अझ प्रभावित भएको थियो ।

प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भइसकेका छन् भने दीप श्रेष्ठ अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *