चोरी भएको मोटरसाइकलसहित तीनजना पक्राउ
२०७८ जेठ २१ गते

विराटनगर । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-२ का ४० वर्षीय सुवास चन्द्र राई, ईटहरी- २० का ३८ वर्षीय बलराम गुरुङ र ईटहरी- १३ का २६ वर्षीय राजेश मेहता रहेका छन् ।
गत जेठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका-४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश-१-०५-००१ प ००६१ नम्बरको मोटरसाइकल हराएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ईटहरीको खनारबाट चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
२०७८ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








