सेनाका अधिकृतलाई राष्ट्रसंघ महासचिवबाट प्रशंसा पत्र

काठमाडौँ । शान्ति स्थापनार्थ सुडानमा तैनाथ नेपाली सेनाका एक अफिसरलाई संयुक्त राष्ट्रसंघले सम्मान गरेको छ । दक्षिण सुडानमा तैनाथ कालीध्वज गण दशौं डफ्फाका क्याप्टेन विज्ञान बिष्टलाई कदरस्वरुप राष्ट्रसंघका महासचिवले प्रशंसा पत्र दिएका हुन् ।

गत वर्षको मंसिरमा सेनाको अस्थायी क्याम्प नजिक दुई जातिका हतियारधारी समूहबीच जातीय हिंसात्मक झडप हुँदा नेपाली सेनाले तनावग्रस्त ईलाकालाई ठूलो जनधनको क्षति हुनबाट जोगाएको थियो । जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलको कदरस्वरुप बिष्टलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

‘जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलताका कारण सम्भावित ठूलो जातीय हिंसालाई रोक्न सफल भएकोमा उक्त कार्यको कदरस्वरुप उनलाई यूएन सेक्रेटरी जनरलबाट प्रशंसापत्र प्राप्त भएको जानकारी गराइन्छ,’ नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =