उपत्यकामा निषेधाज्ञा : आजदेखि कुन-कुन क्षेत्र खुल्छन् ? [आदेशसहित]
![उपत्यकामा निषेधाज्ञा : आजदेखि कुन-कुन क्षेत्र खुल्छन् ? [आदेशसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/04/Image-18.jpg)
काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक सातादेखि गरिएको कडाइ खुकुलो गर्ने निर्णय गरेको हो ।
आजदेखि लागू भएको नयाँ आदेश अनुसार शैक्षिक संस्थाहरु बन्द नै रहने भए पनि वैदेशिक अध्ययनमा जाने विद्यार्थीको हकमा कूटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको हो ।
कूटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न पाउने भएका छन् । अत्यावश्यक उद्योग तथा निर्माण कार्यका लागि कार्यस्थलमै श्रमिक राखेर सञ्चालन गर्न पाउने भएका छन् । स्वास्थ्य सामग्री, कृषि मल, बीउ तथा खाद्यान्न सामग्री ढुवानी गर्न पाउने भएका छन् ।
तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र इन्धन, खाना पकाउने ग्यासलगायतका सवारी राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन हुने भएका छन् । तरकारी, फलफूल, खाद्यान्न, खानेपानी, ग्यास, किराना पसल, डिपार्टमेन्टल स्टोर, सवारी मर्मतका वर्कशप तोकिएको समयमा सञ्चालन हुने भएका छन् ।
निर्माण सामग्री ढुवानीका सवारी राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने भएका छन् । सार्वजनिक सवारी साधनहरू भने जेठ ३१ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।
अरु कुन-कुन नियम परिवर्तन भए ? हेर्नुहोस् आदेशसहित :-












