प्रमीलाको ‘सेवा गरौँ’ सार्वजनिक 

काठमाडौँ। गीतकार प्रमीला बस्नेतको ‘सेवा गरौँ’ बोलको गीत सार्वजनिक भएको छ ।

कोरोनालगायतका विपत्तिमा परेका मानिसहरूलाई सेवा गर्नु ठुलो कुरा हो, जीवनमा धन कमाउनुमात्रै महत्त्वपूर्ण विषय होइन भन्ने मूल सन्देशका साथ भिडियो तयार भएको छ ।

भिडियोमा, डक्टर, नर्स तथा विपत्तिमा नेपाल र विश्वका जुनसुकै स्थानमा रहेर पनि यो अवस्थामा सहयोग गर्नेलाई विशेष सम्मान गरिएको छ । प्रमीला बस्नेतको रचना रहेको गीतमा पदम राई, धनु ग्यानगमी, सुस्मा लिम्बु र सङ्गीता रनप्यालीको आवाज रहेको छ भने गीतलाई धनु ग्यानगमीले संगीत गरेका छन् ।
गीतमा सरोज दाहाल र मिना बास्कोटाले अभिनय गरेका छन् भने यसमा सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको छ ।
दुई जना कलाकारको अभिनयको अतिरिक्त अहिलेको विपत्ति र यो विपत्तिमा अग्र भागमा रहेर खट्नेहरूको कथा रहेको भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका छन् ।
https://youtu.be/Gt15F4-5xAU?t=2
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *