जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त गराउन सूचना दर्ता

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई पदमुक्त गर्नका लागि प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको छ ।

पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेश सभा सदस्य पद खारेजीका लागि राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र संसदीय दलको तर्फबाट पियारी थापाले पत्र पठाएका हुन् ।

थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन कांग्रेसको पक्षमा हस्ताक्षर नगरेपछि उनलाई पार्टीले कारबाही गरेको छ ।

थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनलाई पदमुक्त गर्न पठाइएको पत्र आजै बस्ने बैठकमा पढेर सुनाइने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *