मंगल ग्रहमा ‘पर्सिभिरेन्स’का १०० दिनः हेर्नुहोस् पछिल्ला १३ तस्बिरहरु

रातो ग्रहको उपनामले चिनिने मंगल ग्रहमा अन्तरीक्ष अध्ययनसम्बन्धी अमेरिकी संस्था नासाले यान (पर्सिभिरेन्स) पठाएको १०० दिन पूरा भएको छ । पर्सिभिरेन्सले मंगल ग्रहमा यसअघि कुनै समयमा केही प्राणधारी जनावर अस्तित्वमा थिए की भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिरहेको छ ।
सन् २०२१ को फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको पर्सिभिरेन्सको ६ पांग्रे रोभरले त्यहाँ खिचेका तस्बिरहरू नासालाई पठाएपछि नासाले ती सार्वजनिक गरेको छ । जेजेरो क्रेटरमा कुनै बेला ताल थियो भन्ने अनुमानका आधारमा मंगल ग्रहमा विगतमा कुनै जीव अस्तित्वमा थियो वा थिएन भन्ने बारेमा अनुसन्धान गर्न नासाले उक्त यान मंगल ग्रहमा पठाएको थियो ।

मंगल ग्रहमा उक्त हेलिकप्टर उडेको भिडिओसमेत सार्वजनिक गरिएको थियो । एक ग्रहबाट अर्को ग्रहमा उडाइएको यो नै पहिलो उडान भएको नासाले बताएको छ । मंगल ग्रहको वायुमण्डल निकै पातलो भएकाले त्यहाँ उडान सहज नभएपनि १ं दशमलव ८ किलोको उक्त यानले मंगल ग्रहको हवाइ अवलोकन गरेको थियो ।

पर्सिभिरेन्सले जेजेरो क्रेटरको सतहलाई केही उत्खनन् गरी त्यहाँ रहेका पूरातात्विक अवशेषहरूको अध्ययन अनुसन्धान गर्ने नासाले जनाएको छ । नासाका वैज्ञानिकहरूले अमेरिकाले मंगल ग्रहमा पठाएका २० मध्ये यो सबैभन्दा महत्वाकांक्षी मिसन भएको बताएका छन् ।

२ दशमलव ७ अर्ब डलर खर्च भएको दुई वर्ष लामो यो अभियानको मुख्य उद्देश्य भनेकै जीवनको अवशेषको बारेमा अध्ययन गर्नु भएको नासाले जनाएको छ । सूर्यदेखि चौथो टाढाको ग्रहमा ३ अर्ब वर्ष पहिले न्यानो र पानीको मात्रा भएकाले त्यहाँ जीवन सम्भव थियो भन्ने वैज्ञानिकहरूले आकलन गरेका छन् ।

अहिलेसम्म पृथ्वी आइपुगेको मङ्गल ग्रहका केही छानिएका तस्बिरहरू यस्ता छन् :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *