अग्रहरीले गरे अक्सिजन सिलिन्डर सहयोग

काठमाडौं । नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालमा अक्सिजनलगायतका जरुरी स्वास्थ्य उपकरण अभाव हुन थालेपछि कलाकार प्रमोद अग्रहरीले व्यक्तिगत रूपमा सहयोग गरेका छन्  । अग्रहरीले अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् ।

उनले अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । परासी युवा समूहको व्यवस्थापनमा उनले उक्त सिलिन्डर अस्पतालका डाक्टर मोहम्मद नुरुल होदालाई हस्तान्तरण गरेका हुन् ।

अग्रहरी पर्दामा डरलाग्दा भिलेनको रूपमा चर्चित छन् । उनले उमा, सुन्तली, संरक्षण, जाइरा, कथा काठमान्डूलगायत चलचित्रमा अभिनय गरेका छन् ।

यसअघि पल शाह, पुष्प खड्का, नाजिर हुसेनले समेत अक्सिजन सिलिन्डर सहयोग गरेका थिए  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *