एमाले विवाद

६ बुँदे प्रस्ताव कार्यान्वयन भए पार्टी एकता कायमै रहन्छ : नेपाल

काठमाडौं । विपक्षी एमालेको नेतृत्व गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए पार्टी एकता कायम रहने बताएका छन् । बुधबार जनसंगठनहरुको भेलालाई भर्च्यूअल्ली रुपमा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । नेता नेपालले भने— ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिँदैन । त्यो कार्यान्वयन भए एकता कायम रहिहाल्छ नि ।’

जनसंगठनका नेताहरुले वार्ता गर्ने भए समय तोकेर प्रयत्न गरिनुपर्ने, त्यसो नभए अलग पार्टी खोल्न पहल गरिनुपर्ने बताएका थिए । नेतृ जयन्ती राईले भनिन्— ‘जे गर्नुपर्ने हो छिट्टै गर्नुपर्ने सुझाव संगठनका नेताहरुले दिएका छौँ ।’

नेता नेपालले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ०७५ जेठ २ को अवस्थामा पार्टी फर्काउनुपर्ने, ०७७ फागुन २८ यता गरिएका निर्णयहरु खारेज हुनुपर्नेलगायतका ६ बुँदे प्रस्ताव राखेका थिए । तर, पार्टी अध्यक्ष ओलीले नेता नेपालको प्रस्ताव कार्यान्वयन गर्नेतर्फ चासो देखाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *